एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ ।
शनिबार साँझ वाटफोर्डको घरेलु मैदानमा टाेटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हाे।
घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्याे ।
डेनीले लिगका पछिल्ला ६ खेलमा प्राप्त तीन पेनाल्टीलाई खेर फालेका छन् ।
वाटफोर्डसंग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ ।

पहिलो हाफ अगाडी बाटफोर्डका गोलकिपर बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए ।
बराबरी नतिजासंगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।