शंखुवासभा । मादीमा सञ्चालित पहिलो नगर स्तरिय आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ ।
संखुवासभाको मादी क्याम्पसको खेल मैदानमा शनिबार भएको फाइनलमा खाँदबारीले म्यागलुङ नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खाँदबारीको जितमा मनिषा थापा मगरले ह्याट्रिक गरिन् ।
उनले खेलको नवौं, ३१ औं र ५६ औं मिनेटमा गोल गरेकी थिईन् । म्यागलुङकी कोपिला लिम्बुले सान्त्वना गोल फर्काईन् । उनले २१ औं मिनेटमा बराबरी गोल गरेकी थिईन् ।
उपाधि सहित खाँदबारीले नगद १ लाख रुपैयाँ प्राप्त गर्यो । म्यागलुङले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

फाईनल खेलमा ह्याट्रिक गरेकी मनिषा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिता अवधिभर ५ गोल गरिन् । खाँदबारीकै कुमारी तामाङ उत्कृष्ट खेलाडी बनिन् ।

तीन दिनसम्म चलेको प्रतियोगितामा प्रदेश नम्बर एकका ६ नगरपालिका र गाउँपालिका सहभागी थिए ।

