काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे । पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो ।
खेलको २७ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए ।
खेलमा जावलाखेलले पनि गोलको केहि अवसर बनाएको थियो । तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित पुलिससँग पराजित भयो ।
जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ ।
जावलाखेल भने लिगको छैटौं स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ ।
खेलको म्यान अफ दि म्याच पुलिसका सौजन राई चुनिए ।