संखुवासभा । संखुवासभाको मादीमा जारी नगरस्तरीय आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधिका लागि खाँदबारी नगरपालिका र तेह्रथुमको म्याग्लुङ नगरपालिका भिड्ने भएका छन् ।
शनिबार भएको पहिलो सेमिफाइनलमा म्याग्लुङले धर्मदेवी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्यो ।
म्याग्लुङको जितमा कोपिला लिम्बु, पारु लिम्बु र ललिता लिम्बुले दुई दुई गोल गरिन् । यस्तै संगीता लिम्बुले एक गोल थपिन् । धर्मदेवीकी रन्जना जिमीले एक गोल फर्काईन् ।
दोस्रो सेमिफाइनलमा खाँदबारीले तेह्रथुमको फेदाप गाउँपालिकालाई ३-० गोल अन्तरले हराएर म्याग्लुङसँगको भेट पक्का गर्यो ।
खाँदबारीको जितमा मनिषा थापा मगरले दुई गोल गरिन् । अस्मिता गुरुङको नाममा एक गोल रह्यो ।
प्रतियोगिताको फाइनल खेल आजै हुनेछ । फाइनल खेल २ बजे सुरु हुनेछ ।
विजेताले १ लाख पुरस्कार पाउँदा उपविजेताले ७५ हजार पाउने छन् ।