काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा शेर्पाले पहिलो मिनेटमै १-० को अग्रता बनाएको छ ।
खेलको पहिलो मिनेटमा पिटर सेगुनको आत्मघाती गोलबाट शेर्पाले अग्रता बनाएको हो ।
आज मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा रहेको छ ।
शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्नेछ ।
लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ । उसले ४ जित र २ बराबरी खेलेको छ ।
शेर्पा ४ बराबरी र २ हार सहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ ।