एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका डिफेन्डर रिस जेम्सले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्याण्डका २० वर्षे युवा डिफेन्डर जेम्सले लामो समय क्लबमै रहने गरि नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै जेम्स सन् २०२५ सम्म चेल्सीमा रहने छन् ।
जेम्सले चेल्सीका लागि १८ खेल खेलिसकेका छन् ।
चाम्पियन्स लिग अन्तर्गत गत नोभेम्बरमा आयाक्ससँगको ४-४ बराबरी खेल्दा जेम्सले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका थिए ।
चेल्सीसँगको सम्झौतापछि जेम्सले क्लबमा लामो समय रहने सपना पुरा भएको बताए ।
'मेरो सपना छ चेल्सीमा रहने र हरेक हप्ता खेल्ने,' जेम्सले भने, 'साढे पाँच वर्षको सम्झौताले मेरो सपना जीवित भएको छ ।'