एजेन्सी । स्पेनिस लिजेण्ड जाभीले बार्सिलोनाको मुख्य प्रशिक्षक बन्ने अवसर आफ्नो लागि धेरै चाँडो भएको कारण अस्वीकार गरेको बताएका छन् ।
कतारी क्लब अल सादका मुख्य प्रशिक्षक रहेका जाभीलाई गत साता पूर्व क्लब बार्सिलोनाले मुख्य प्रशिक्षकका लागि प्रस्ताब गरेको थियो । तर, उनले बार्सिलोनाको प्रस्ताब अस्वीकार गरेका थिए ।
'म त्यस प्रस्ताबमा सहमत भईन् । बिशेषत बार्सिलोना प्रशिक्षक मेरो लागि धेरै चाँडो भयो,' ३९ वर्षे जाभीले भने ।
बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीको कतारी क्लबसँगको सम्झौता आगामी मे बाट सकिदैछ । र, कतारी क्लबसँगको सम्झौता सकिएपछि जाभीलाई टिम हेर्न बार्सिलोनाले प्रस्ताब गरेको थियो ।
जाभीले प्रस्ताब अस्वीकार गरेपछि बार्सिलोनाले अर्नेष्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
तर, जाभीले बार्सिलोनाको प्रशिक्षक बन्ने आफ्नो सपना कायम रहेको समेत बताए ।
'भविष्यमा बार्सिलोना टिमको प्रशिक्षक बन्ने मेरो सपना अझै कायम रहेको छ,' उनले भने ।
जाभीले सन् १९९८ देखि २०१५ सम्म ७५० खेल खेलेका थिए ।