एजेन्सी । म्यान्चेष्टर युनाईटेड साढे १ मिलियन युरोमा डिफेन्डर एस्ले योङलाई ईन्टर मिलान पठाउन सहमत भएको छ ।
३४ बर्षका डिफेन्डरले युनाईटेलाई ईन्टर मिलान जान ईच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण उनी पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन् ।
योङले युनाईटेडमा साढे ८ बर्ष बिताए ।
उनको अब मेडिकल प्रक्रिया बाँकी छ ।
उनले यस सिजन क्लबको कप्तान सहित युनाईटेडका लागि २ सय ६१ म्याच खेले । उनले यस सिजनमात्र १० लिग खेल खेलेका थिए ।
योङले ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ पटक खेलेका छन् । उनी सन् २०११ मा एस्टन भिल्लाबाट युनाईटेड आएका थिए । र टिमले प्रिमियर लिग जित्दा उनी टिमका हिस्सा थिए ।
साथै २०१५–१६ को एफ ए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा उनी टिमका सदस्य थिए ।

ईन्टरले गत अगष्टमा मात्र रोमेलु लुकाकुलाई युनाईटेडबाट क्लबमा अनुबन्धन गरेको थियो । साथै उसले युनाईटेडबाटै एलेक्सेज साञ्चेजलाई लोनमा क्लबमा राखेको छ ।
ईन्टर सिरि एको तालिकामा शीर्ष स्थानको युभेन्ट्स भन्दा मात्र दुई अंकले पछाडी छ ।
लण्डन क्लब चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे नेतृत्वको ईन्टरले सन् २०१० पछि पहिलो पटक लिग जित्ने लक्ष्य राखेको छ ।