काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) बाट सातौं चरणका खेल सुरु हुदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन एकमात्र खेल रहेको छ ।
पहिलो दिन लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ ।
शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्नेछ ।
लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ । उसले ४ जित र २ बराबरी खेलेको छ ।
शेर्पा ४ बराबरी र २ हार सहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ ।