एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका कप्तान तथा फरवार्ड पिएरे इम्रिक औवामियाङलाई तीन खेलको प्रतिबन्ध लाग्ने भएको छ ।
प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा पाएको रेड कार्डको अपिल खारेज भएसँगै औवामियाङलाई तीन खेलको प्रतिबन्ध लाग्ने भएको हो ।
क्रिस्टलसँगको खेलमा १-१ गोलको बराबरी हुँदा औवामियाङले रेड कार्ड पाएका थिए । क्रिस्टलका म्याक्स मेयरलाई खराब ट्याकल गरेपछि उनलाई भीएआर रिभ्युको सहयोगमा रेड कार्ड दिईएको थियो ।
औवामियाङले रेड कार्ड पाएपछि आर्सनलले रेड कार्ड फिर्ताको लागि अपिल गरेको थियो । तर, आर्सनलको अपिल खारेज भएसँगै औवामियाङलाई प्रतिबन्ध लाग्ने भएको हो ।
अब औवामियाङले प्रिमियर लिग अन्तर्गत सेफिल्ड युनाइटेड र चेल्सी तथा एफए कप अन्तर्गत बोर्नेमाउथसँगको खेल गुमाउने छन् ।
