• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
शीर्ष स्थान फर्कने होडमा आर्मी
खेलपाटी संवाददाता
मंगलबार, पुस २९, २०७६ खेलपाटी संवाददाता
शीर्ष स्थान फर्कने होडमा आर्मी

काठमाडौं । गत सिजन सुरुवातमै आग्रता बनाएपनि संकटाले आर्मीलाई हराउन सकेन । सुरुवाती अग्रता बनाउपनि खेल सकिदाँ आर्मी ५–१ ले बिजयी बनेको थियो ।

शान्ति मिसनबाट फर्किएका टेकबहादुर बुढाथोकीले लिगकै उपविजेता बन्न सफल संकटालाई फराकिलो अन्तरले हराउन महत्वपुर्ण भूमिका खेलेका थिए ।

दुवै टिम नयाँ सिजनमा पुन एक पटक आमने सामने हुदैछन् । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

संकटाविरुद्ध जित निकाल्दै आर्मी लिग तालिकाको शीर्षस्थानमा उक्लन चाहन्छ । एक खेल कम खेलेको आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

यता, पुर्व उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । अझ भनौ पाचौं स्थानमा उक्लिने अवसर सिर्जना गर्न चाहन्छ । एक खेल कम खेलेको संकटा ७ अंक सहित आठौं स्थानमा छ ।

संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ । लिगको दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लबसँग पराजित भएपनि आर्मीले लिगमा राम्रो प्रभाव जमाएको छ ।

आर्मी क्लबका सहायक प्रशिक्षक तथा ब्यवस्थापक चुन बहादुर थापा हात नजिकै आएको उपाधिको सम्भावना खेर जान नदिने बताउँछन् ।

संकटाविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् । ‘उपाधिको होडको शीर्ष स्थानमा आएका छौ । यो राम्रो मौका हो । यसलाई गुमाउन चाहन्नौं ।

संकटाविरुद्ध जित निकाल्दै पुन शीर्षस्थानमा उक्लने छौं ।’ उनी भन्छन् ।

आर्मीले अन्तिम खेलमा जर्ज प्रिन्स कार्कीको निर्णायक गोलमा सरस्वतीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसको दुई दिनपछिनै एक खेल बढि खेलेको मछिन्द्रले जावलाखेललाई समान १–० ले पराजित गर्दै शीर्ष स्थान ओगटेको थियो ।

लिगमा आर्मीले ४ खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ । मनाङसँग १–० ले पराजित आर्मी फ्रेण्डसलाई २–१, हिमालयन शेर्पालाई २–०, थ्री स्टारलाई २–० र सरस्वतीलाई १–० ले पराजित गरेको थियो ।

संकटाविरुद्ध आर्मीका सबै खेलाडी उपलब्ध हुनेछन् । सरस्वतीविरुद्ध कप्तान भरत केहि समस्यामा देखिएका थए । डिफेन्डर विकाश खवासको खेल्ने नखेल्ने निश्चित भएको छैन । तर संकटाविरुद्ध पुरै सेट उतार्ने तयारी छ ।

संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ ।

संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने दाउमा छ ।

संकटाका प्रशिक्षक विजय महर्जन आर्मीविरुद्ध जित निकाल्न खेल्ने बताउँछन् ।

‘आर्मी बलियो टिम हो । हाम्रो खेलाडी पनि लयमा आईरहेका छन् । आर्मीविरुद्ध जित्नका लागि खेल्छौं ।’ उनी भन्छन् ।

अन्तिम खेलमा संकटाले एपीएफलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । पाँचौ खेलमा संकटाका लागि अजयी मार्टिन र कर्ण लिम्बुले गोलको खाता खोलेका थिए ।

आर्मीविरुद्ध संकटाले पुरानै सेट खेलाउने तयारी गरेको छ ।

राष्ट्रिय टिमका दुई खेलाडी सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटा आर्मीविरुद्ध गतसिजन ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

लिगमा दुई जित, दुई बराबर र एक खेलमा हार ब्यहोरेको संकटा आठौ स्थानमा रहेको छ ।

पहिलो खेलमा च्यासलसँग २–० गोल अन्तरले पराजित संकटा दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो ।

तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरी खेलेको उसले तेस्रो खेलमा पुलिससँग २–१ ले पराजित हुन पुगेको थियो । अन्तिम खेलमा भने एपीएफलाई पराजित गर्न सफल रह्यो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP