एजेन्सी । अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीले जाभियर हर्नान्डेजलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड हर्नान्डेज अनुबन्ध गर्न ग्यालेक्सीले छलफल गरिरहेको छ ।
३१ वर्षे फरवार्ड हर्नान्डेज स्पेनिस क्लब सेभियाबाट खेलिरहेका छन् । तर, हर्नान्डेजले यस सिजन उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन ।
ज्लाटन इब्राहिमोबीचले क्लब छाडेपछि ग्यालेक्सीले हर्नान्डेजलाई ल्याउन तयारी गरेको हो ।
हर्नान्डेज ल्याएर ग्यालेक्सी मेक्सिकन समर्थक बढाउने योजनामा रहेको छ ।