काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले नेपाल पुलिस क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
खेलको पहिलो हाफमा दुबै टोलीले गोलको मौकाहरू सिर्जना गर्न सकेनन् ।
आज दुबै टिम तेस्रो जितको खोजीमा रहेका छन् ।
पुलिसले दुई खेलमा जित, दुईमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।
एनआरटीले दुई खेलमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको छ ।
पुलिस एनआरटीलाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ ।
एनआरटी पनि पुलिसलाई पराजित गर्दै छैठौं स्थानमा उक्लन चाहन्छ ।
लिग तालिकामा पुलिसको ८ अंक रहेको छ भने एनआरटीको ५ अंक मात्रै छ ।