एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाडेको हो ।
खेलको तेस्रो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । सातौं मिनेटमा गिल्सन मार्टिनले गोल गर्दै मोनाकोलाई बराबरीमा ल्याए ।

खेलको १३ औं मिनेटमा विसम बेन एड्डले गोल गर्दै मोनाकोलाई २-१ ओ अग्रता दिलाए । २४ औं मिनेटमा फोडे टुरेले आत्मघाती गोल गरेपछि पीएसजीले २-२ को बराबरी गर्यो ।
४२ औं मिनेटमा नेयमार पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए । तर, खेलको ७० औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै मोनाकोलाई हारबाट जोगाए ।
बराबरीसँगै पीएसजीले १९ खेलबाट ४६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
मोनाको २९ अंक जोडेको आठौं स्थानमा रहेको छ ।