एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज शनिबार चार खेल हुँदैछ ।
ला लिगा शनिबार साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । रियल र गेटाफेबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ ।
यस्तै गेटाफेलाई हराउन सके रियल केहि घण्टाको लागि शीर्ष स्थानमा उक्लनेछ ।
दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । शीर्ष क्लब बार्सिलोना ३९ अंक रहेको छ । छैटौं स्थानको गेटाफेको ३० अंक रहेको छ ।
लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा खेल्नेछ । स्पानियोलको मैदानमा हुने खेल १:४५ बजे सुरु हुनेछ ।
लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ ।
यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ ।
अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् ।