एजेन्सी । स्विडेनका फरवार्ड ज्लाटन ईब्राहिमोभिचले १० बर्षअघि भन्दा आफुलाई अहिले आफुलाई धेरै प्रस्ताव आउने गरेको बताएका छन् ।
शुक्रबार आधिकारिक रुपमा एसी मिलानमा प्रस्तुत हुदै ईब्राहिमोभिचले बढ्दो उमेरसंगै खेल अझ परिपक्क बन्दै गएको उल्लेख गरे ।
ईब्राहिमोभिच करिब ७ वर्षपछि क्लब फर्किएका हुन् । उनले क्लबसंग ६ महिनाको सम्झौता गरेका छन् ।
एसी मिलानलाई सिरि एको च्याम्पियन बनाउन ईब्राहिमोभिचले सहयोग गर्नेछन् । उनी पेरिस सेन्ट जर्मेन पीएसजी जानु अघि एसी मिलानले सन् २०११ मा लिग उपाधि जितेको थियो ।
उनी गत नोभेम्बरमा अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सी छाडेका थिए ।

'३८ बर्षको उमेर २८ वर्षभन्दा धेरै प्रस्ताव पाएको छु ।' उनले भनेका छन् ।
उनले फुटबलप्रतिको आफ्नो भोक अझैपनि उस्तै रहेको बताउँदै उमेरसगै अनुकुल हुन सिकेको बताउँछन् ।
'म पहिलेभन्दा ठुलो छु ।' उनले भने, 'उनीहरु जान्दछन्, म कस्तो छु । कसरी म प्रशिक्षण दिन्छु र प्रत्येक खेल खेल्छु ।'
उनले आफ्नो उपस्थितीले क्लबका युवा खेलाडीलाई सजिलो नहुने बाचा गरेका छन् ।
मिलानले सोमबार हुने खेलमा साम्पोडियासंग खेल्नेछ । तर ईब्राहिमोभिचले अक्टोबरयता मैदानमा देखिएका छैनन् । उनले डेब्यु गर्ने बिषयमा केही उल्लेख गरिएको छैन ।