एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीको डेब्यु खेलमा डर्बी काउन्टीले च्याम्पियनसिप फुटबलमा जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा डर्बीले बर्न्सलेलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रुनीको कप्तानीमा मैदान उत्रिएको डर्बीका लागि ज्याक मारिओट र मार्टिन वघोर्नले एक एक गोल गरे । बर्न्सलेका इलिओट सिमोएसले एक गोल फर्काए ।
जितसँगै डर्बी २६ खेलमा ३३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व स्ट्राइकर रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडबाट खेलाडी र प्रशिक्षकको भूमिकामा डर्बी आएका हुन् ।