एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका डिफेन्डर कलुम च्याम्बर्स कम्तिमा ६ देखि ९ महिनासम्म मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटका कारण सेन्टर ब्याक च्याम्बर्स लामो समय मैदान बाहिर रहने भएका हुन् ।
गत आइतबार चेल्सीसँगको खेलमा उनले घुँडाको चोट बोकेका थिए ।
२४ वर्षीय डिफेन्डर च्याम्बर्सको लिगामेन्ट च्यातिएको बताईएको छ ।
च्याम्बर्सको बिहिबार मात्रै चोटको सफल शल्यक्रिया गरिएको छ । अब उनको चोट ठिक हुन् कम्तिमा ६ देखि ९ महिना लाग्नेछ ।

च्याम्बर्सले यस सिजन क्लबबाट १८ खेल खेलेका छन् । प्रिमियर लिगको १४ खेलमा १ गोल गरेका छन् ।
