काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम एपीएफ क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा पाएको केहि अवसर गुमाएपछि पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेको हो ।
यस सिजन खराब लयमा रहेका दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।
लिगको चौथो चरणको खेल चलिरहँदा सरस्वती लिग तालिकाको पुछारमा छ । तीन खेल सकिदाँ सरस्वतीले अंक जोड्न सकेको छैन । अंक मात्र हैन, उसले प्रतियोगितामा एक गोल पनि गर्न सकेको छैन । तर ७ गोल ब्यहोरेको छ ।
एपीएफ भने एक अंक बटुल्दै लिगको १२ औं स्थानमा छ । लिगको पहिलो खेलमा एनआरटीसँग ४–० गोल अन्तरले पराजित सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १–० र तेस्रोमा पुलिससँग २–० गोल अन्तरले पराजित भएको थियो ।