एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले एभर्टनमाथि जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले एभर्टनमाथि २–१ को जित दर्ता गरेको हो ।
सिटीको जितमा ग्याब्रियल जिससले दुवै गोल गरे । एभर्टनका रिचार्डलिसनले एक गोल फर्काए ।

जितसंगै सिटीले शीर्ष स्थानको लिभरपुलसंगको दुरी ११ अंकमा झारेको छ । तर लिभरपुल भन्दा सिटीले दुई खेल बढी खेलेको छ ।
जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले आफुहरु अझै हार नमान्ने बताएका छन् । तर प्रिमियर लिगको अघिल्लो खेलमा पराजित भएपछि ग्वार्डिवालाले उपाधि होडबाट आफु बाहिरिएको बताएका थिए ।
५१ औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि उनले रियाद महरेजको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए ।
पाहुना टोली एभर्टनका रिचारलिसनले ७१ औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसंगै सिटीले २१ खेलबाट ४४ अंक जोडेको छ । एभर्टन २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।