एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लेष्टरले न्युकासल युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
लेष्टरलाई जित दिलाउन आयोज परेज, जेम्स म्याडिसन र हाम्जा चौधुरीले एक एक गोल गरे ।
जितसँगै लेष्टरले २१ खेलबाट ४५ अंक जोडेको छ । र, लेष्टर लिगको दोस्रो स्थानमा रहेको छ ।
२५ अंक जोडेको न्युकासल लिगको ११ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहम भने साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन ड्यानी इन्ग्सले निर्णायक गोल गरे ।
साउथह्याम्पटनसँग पराजित भएसँगै टोटेनहम लिगको शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । ३० अंक जोडेको टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
यस्तै वाट्फोर्डले वुल्भ्सलाई २-१ गोल अन्तरले हराएको छ ।
