एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
नयाँ वर्षको पहिलो दिन चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ब्राइटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाडेको हो ।
खेलको दशौँ मिनेटमा सेजर एज्पीलिक्वेटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा अलिरेजा जहान्बक्हसले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले २१ खेलबाट ३६ अंक रहेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
२४ अंक जोडेको ब्राइटन लिगको १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई २-१ गोल अन्तरले हराएको छ ।
एस्टनलाई जित दिलाउन वेस्ली र ज्याकले एक एक गोल गरे । बर्नलीका क्रिस उडले एक गोल फर्काए ।
