काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा हाम्रो फुटबल नेपालले बार्सा नेपाललाई पराजित गरेको छ ।
जावलाखेल फुटबल मैदानमा बुधबार भएको खेलमा हाम्रो फुटबल नेपालले बार्सा नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
हाम्रो फुटबल नेपाललाई जित दिलाउन रोहन प्रधान, अनिश लामिछाने र निरन राईले एक एक गोल गरे ।
फुटबल समर्थकको समूह हाम्रो फुटबल नेपालले किङ्स लाउन्जको मुख्य प्रायोजनमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।
हाम्रो फुटबल नेपाल सदस्य कुमार गुरुङले फुटबलप्रतिको मायाले मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए ।
'हामी फरक पेशामा मान्छेहरु हौ हामीले पहिले खेल्न पाएनौं । तर फुटबललाई माया गर्छाै । यस समूहमा फुटबललाई माया गर्ने छन् । उनीहको फुटबल प्रतिको मोहले गर्दा हामी यसमा लागेका हौँ र मैत्रीपूर्ण खेल राखेका हौँ,' गुरुङले भने ।
यस्तै हाम्रो फुटबल नेपालका संस्थापक कृष्ण गुरुङले नेपालमा फुटबलको वातारण राम्रो बनाउन मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए ।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष रबिन्द्र खड्का र नायक धिरेन शाक्य प्रमुख अथितिका रुपमा रहेका थिए ।

