काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको अवसर गुमाउदा पहिलो हाफमा गोल हुन नसकेको हो ।
अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आर्मीले आक्रामक खेल खेलेपनि गोल गर्न सकेन् । नियमित कप्तान बिक्रम लामा अघिल्ला दुई खेलमा पहेलो कार्ड पाएको कारण टिम बाहिर रहेका छन् ।
थ्री स्टारविरुद्धको खेलबाट आर्मीका मिडफिल्डर सन्तोष तामाङ मैदान फर्किए । एन्फाको ४५ दिनको प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष मैदान फर्किएका हुन् ।