एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज बुधबार विभिन्न ९ खेलहरु हुँदैछ ।
नयाँ वर्षको पहिलो दिन प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता सिटीले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । यस्तै चेल्सीले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ ।
म्यानचेस्टर युनाइटेडले आर्सनलसँग खेल्नेछ । खेल आर्सनलको मैदानमा हुनेछ ।
टोटेनहमले साउथह्याम्पटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दा लेष्टरले न्युकासलको सामना गर्नेछ ।
त्यस्तै वाट्फोर्ड र वुल्भ्स, नर्विच र क्रिस्टल प्यालेस, वेष्ट ह्याम र बर्नेमाउथ तथा बर्नली र एस्टन भिल्लाबीच समेत प्रतिस्पर्धा हुनेछ ।