काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले २-१ गोलको अग्रता बनाएको छ ।
पुलिसका लागि सुमन लामाले एक गोल गर्दा एक आत्मघाती गोलको उपहार पाएको थियो । संकटाका अमित तामाङले एक गोल गरे ।
खेलको १५ औं मिनेटमा संकटाका अमितले आत्मघाती गोल गर्दा पुलिसले अग्रता बनाएको थियो । पुलिसका सुमनको प्रहार अमितलाई लाग्दै गोल भएको थियो ।
खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो ।
तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए ।