काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा संकटा र पुलिसले १-१ गोलको बराबरीमा खेलिरहेको छ ।
खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले अग्रता बनाएको थियो । सुमन लामाले प्रहार अमितलाई लाग्दै गोल भएको थियो ।
तर, खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए ।
पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो ।