एजेन्सी । फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा सन् २०२२ सम्म रियल मड्रिडमा रहने भएका छन् ।
बेन्जिमाले क्लबसँगको सम्झौतामा थप एक वर्ष नवीकरण गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
रियलले केहि दिनमा बेन्जिमासँग औपचारिक रुपमा सम्झौता गर्ने पनि मार्काले जनाएको छ ।
३२ वर्षे बेन्जिमाको रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर, बेन्जिमाले सम्झौता सकिनु अघि नै सम्झौतामा नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै बेन्जिमामा तलबमा समेत वृद्धि भएको जनाईएको छ ।