एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी )का फरवार्ड केलियन एमबाप्पे बार्सिलोनाका समर्थकहरुले धेरै रुचाएको फुटबलर बनेका छन् ।
एक सर्वेक्षणका अनुसार एमबाप्पे बार्सिलोनाका समर्थकले रुचाएका स्ट्राइकरको शीर्ष स्थानमा परेका हुन् ।
स्पेनिस खेल पत्रिका मुन्द्रो डिपोर्टिभोले गरेको सर्वेक्षणमा एमबाप्पेले ४८.६६ प्रतिशत भोट पाएका छन् ।
त्यस्तै इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजले १५.६६ प्रतिशत भोट पाउँदै दोस्रो स्थानमा रहेका छन् ।
बार्सिलोनाका समर्थकले रुचाएको तेस्रो खेलाडीमा टोटेनह्यामका ह्यारी केन रहेका छन् । केनले ८.३३ प्रतिशत भोट पाएका थिए ।
यस्तै बार्सिलोनाकै पूर्व फरवार्ड नेयमार चौंथोमा रहेका छन् । नेयमारले ७. ३३ प्रतिशत भोट प्राप्त गरेका छन् ।