एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड सामाजिक संजालमा सर्वाधिक धेरै समर्थक रहेको क्लब बनेको छ ।
स्पोर्टिङ इन्टेलीजेन्सले गरेको सर्वेक्षण अनुसार रियल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा सर्वाधिक फलोवर्स भएको क्लब बनेको हो । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा गरी रियलको २ सय २३ मिलियन फलोवर्स रहेको छ ।
यस्तै स्पेनिस क्लब बार्सिलोना दोस्रो नम्बरमा रहेको छ । बार्सिलोनाको फलोवर्स २ सय १३.६ मिलियन रहेको छ ।
यस्तै इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड १ सय २६ मिलियनसहित तेस्रो र ८१ मिलियनसहित चेल्सी चौंथो स्थानमा रहेको छ ।
८० मिलियन फलोवर्स रहेको इटालियन क्लब युभेन्ट्स पाँचौ स्थानमा रहेको छ ।
