एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित निकालेको छ ।
आईतबार राति घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो ।
सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनीले एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
अग्युरोले ५२ औं मिनेटमा गोल गर्दै सिटीलाई अगाडी बढाएका थिए ।
ब्रुईनीले ८२ औं मिनेटमा सिटीलाई २–० को अग्रता दिलाएका थिए ।
जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछाडी छ । सिटीले दोस्रो स्थानको लेस्टरसंगको दुरी १ अंकमा झारेको छ ।
सेफिल्ड २९ अंक सहित आठौं स्थानमा रहेको छ ।