एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले नर्वेका युवा फरवार्ड अर्लिङ हालाण्डलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले १९ वर्षीय फरवार्ड हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो ।
डर्टमण्डले आइतबार साँझ हालाण्डसँग पाँच वर्षे सम्झौता गरेको छ । सम्झौतासँगै हालाण्ड सन् २०२४ सम्म डर्टमण्डमा रहने छन् ।
हालाण्डलाई अनुबन्ध गर्न इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले समेत कोशिश गरेको थियो । तर, युनाइटेडलाई पछि पार्दै डर्टमण्ड हालाण्ड अनुबन्ध गर्न सफल भएको हो ।
हालाण्ड नर्वेका पूर्व तथा म्यानचेस्टर सिटीका मिडफिल्डर अल्फ हालाण्डका छोरा हुन् ।
युवा उमेरमै हालाण्डले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । साल्जबर्गका लागि उनले यस सिजन २२ खेलमा २८ गोल गरेका छन् । जसमा ८ गोल च्याम्पियन्स लिगमा उनले गरेका थिए ।