एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार विभिन्न तीन खेल हुँदैछ ।
प्रिमियर लिगमा आइतबार लिग लिडर लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
उपाधिको मुख्य दाबेदार लिभरपुलले घरेलु मैदानमा वुल्भ्सको सामना गर्नेछ । लिभरपुल र वुल्भ्सबीचको खेल राति १०:१५ मा सुरु हुनेछ ।
वुल्भ्सविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितसहित शीर्ष स्थानको अग्रतालाई फराकिलो बनाउने योजनामा हुनेछ । तर, अप्रत्यासित नतिजा निकाल्दै आइरहेको वुल्भ्सविरुद्ध लिभरपुल शतर्क भएर खेल्नेछ ।
वुल्भ्सले शुक्रबार मात्रै म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले हराएको थियो ।
लिभरपुल १८ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको लेष्टर सिटी भन्दा १० अंकले अघि रहेको छ । वुल्भ्स ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै साविक विजेता सिटीले घरेलु मैदानमा सेफिल्डको सामना गर्नेछ । सिटी सेफिल्डलाई हराउँदै दोस्रो स्थानको लेष्टरसँगको अंक दुरी कम गर्न चाहन्छ ।
३८ अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा रहेको छ । सेफिल्ड २९ अंक जोडेर आठौं स्थानमा छ ।
त्यस्तै लन्डन डर्बीमा आर्सनल र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ ।