एजेन्सी । ईग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले पुछारको टिम नर्विच सिटीसग २–२ गोलको बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा टोटनहमले नर्विचसंग बराबरी खेल्दै अंक बाँडेको हो ।
ह्यारी केनले ८३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई हारबाट जोगाएका थिए ।
खेलमा अग्रता भने घरेलु टोली नर्विचले १८ औं मिनेटमा मारियो रसिसको गोलबाट लिएको थियो । क्रिस्टियन ईरिक्सनले ५५ औ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए ।
सर्ज अरिएले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि नर्विचले खेलमा अग्रता बनाएको थियो ।
लगत्तै डेन अलीले गरेको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए ।
खेलपछि टोटेनहम ३० अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ ।