एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एभर्टनले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
न्युकासलको मैदानमा एभर्टनलाई जित दिलाउन दुवै गोल डोमिनिक काल्भर्ट लेविनले गरे । घरेलु टोलीका फाबियनले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५६ औं मिनेटमा फाबियनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए ।
जितसँगै एभर्टनले २० खेलमा २५ अंक जोडेको छ । एभर्टन लिगको दशौँ स्थानमा रहेको छ । २५ अंक नै जोडेको न्युकासल ११ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा वाट्फोर्डले एस्टन भिल्लालाई ३-० ले हराएको छ ।
साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।