एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राईटनसँग वर्नेमाउथ पराजित भएको छ।
शनिबार राति भएको ब्राईटनको घरेलु मैदानमा भएको खेलमा वर्नेमाउथ २–० गोलले पराजति भएको हो।
ब्राईटनको जितका लागि अलिरेजा जहाबख्श र आरोन मोयले समान एक एक गोल गरे।
खेलको तेस्रो मिनेटमा नै जहाबख्शले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलका अग्रता लिएको ब्राईटनले दोस्रो हाफमा थप एक गोल गर्यो।
खेलको ८९ औं मिनेटमा मोयले गोल गर्दौ घरेलु टोलीलाई २–० को जित दिलाएका हुन्।
जितसँगै ब्राईटनले २० खेलबाट २३ अंक जोड्दै १३ औं स्थानमा उक्लिएको छ।
पराजित बर्नेमाउथ भने समाान खेलबाट २० अंक जोड्दै १६ औं स्थानमा छ।