एजेन्सी । कार्लो एन्सेलोटी इन्ग्लिश क्लब एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
एभर्टनले शनिबार ६० वर्षीय प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एभर्टनले एन्सेलोटीसँग साढे चार वर्षको सम्झौता गरेका छन् ।
प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा आर्सनलसँगको खेल अघि एभर्टनले एन्सेलोटीलाई नियुक्त गरेको हो । एभर्टनले आज आर्सनलसँग खेल्दैछ ।
मार्को सिल्भालाई बर्खास्त गरेपछि एभर्टन प्रशिक्षक बिहीन रहेको छ ।
इटालियन प्रशिक्षक एन्सेलोटी हालै नापोलीबाट बर्खास्तमा परेका थिए । क्लबलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्राएलगत्तै उनी बर्खास्तीमा परेका थिए ।