काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० को अग्रता बनाएको छ । आर्मीले राष्ट्रिय टिमका सदस्य समेत रहेका नवयुग श्रेष्ठको गोलबाट अग्रता बनाएको हो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

आर्आमीले आफ्नो अट्याकिङ लाइनमा नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्कीलाई राखेको छ । यस्तै कप्तान भरत खवास भने सेन्टर मिडफिल्डरको भुमिकामा छन् ।
यता, फ्रेन्ड्सले भने आफ्ना ३ ब्राजिलियन खेलाडी मैदान उतारेका छैनन् । उनीहरुको वर्क पर्मिटमा समस्या रहेको कारण खेल्न पाएका छैनन् ।
सुरुवातमै एक गोलले पछि परेको अवस्थामा फ्रेन्ड्सले पहिलो हाफमै खेलाडी परिवर्तन गरेको छ । उसले दिनेश कन्दङ्वालाई मैदान बाहिर पठाउदै यू-२३ टिमका स्ट्राइकर प्रिजेन तामाङलाई मैदान पठाएको छ । प्रिजेन मैदान पसेपछी फ्रेन्ड्सले गोलको अवसर समेत सिर्जना गरेको थियो थियो ।