एजेन्सी । ईङलिस प्रियिमर लिग फुटबलमा टोटेनहमले नाटकीय जित निकालेको छ ।
आईतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।
बराबरीतर्फ उन्मुख खेलमा टोटेनहमले ईन्जुरी समयमा गोल गर्दै जित निकालेको हो ।
टोटेनहमलाई जित दिलाउन खेलको ईन्जुरी समयमा जन वर्थोन्घेनले नाटकिय गोल गरे ।
सोही गोल उल्भ्सको ११ खेलको अपराजित यात्रा टुङ्गाउन पर्याप्त रह्यो ।
ईन्जुरी समयमा कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए ।

खेलमा अग्रता टोटेनहमले आठौं मिनेटमा लुकास मौराको गोलबाट लिएको थियो । दोस्रो हाफमा एडमा ट्रारेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काएका थिए ।
टोटेनहम २६ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । उल्भ्स २४ अंक सहित आठौंं स्थानमा रह्यो ।