एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई उसैको मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे ।
घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले दोस्रो मिनेटमै ब्रुएनको गोलमा अग्रता बनाएको थियो ।

खेलको १५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४० औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले १७ खेलबाट ३५ अंक जोडेको छ । तेस्रो स्थानको सिटीले शीर्ष दुई क्लबसँगको अंक दुरी समेत कम गरेको छ ।
लिग लिडर लिभरपुलको ४९ अंक रहदा दोस्रो स्थानको लेष्टर सिटीको ३९ अंक रहेको छ ।
लिगमा २२ अंक जोडेको आर्सनल नवौं स्थानमा रहेको छ ।

