एजेन्सी । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
यस्तै लियोनार्दो बुनिचीले एक गोल गरे । उडिनेसेका इग्नासिया पुसेट्टोले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए । ३७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्ट्सको अग्रता दोब्बर बन्यो । ४५ औं मिनेटमा बुनिचीले गोल गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।
खेलको इन्जुरी समयमा पुसेट्टोले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो ।
जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले १६ खेलमा ३९ अंक जोडेको छ । १५ अंक जोडेको उडिनेसे लिगको १७ औं स्थानमा रहेको छ ।
