एजेन्सी । टोटेनहमका स्टार लुकास मौराले क्लबले अब उपाधि जित्न सक्ने बताएका छन् । सन् २००८ मा लिग कपको उपाधि जितेपछि टोटेनहम ईङ्लिस फुटबलमा उपाधि विहिन छ ।
क्लबका स्टार मौरा भने प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा आफुहरु उपाधि जित्न सक्ने बताएका छन् ।
पुर्व प्रशिक्षक माउरिसियो पोचिटिनोले टोटेनहमलाई च्याम्पियन्स लिगको फाईनलसम्मको यात्रा तय गराएका थिए । तर क्लब उपाधि जित्नबाट बञ्चित रह्यो ।
मौराले माउरिन्हो टोटेनहमको उपाधि यात्रामा सहयोगी बन्न सक्ने उल्लेख गरेका छन् ।
मौराकै ह्याट्रिकमा टोटेनहम गत सिजन च्याम्पियन्स लिगको फाईनल पुगेको थियो ।

ब्राजिलियन खेलाडीले भनेका छन्, ‘सबै जना उनीसंग काम गर्न उत्साहीत छन् । पक्कैपनि उनको ठुलो नाम छ । उनले ठुलो प्रभाव सबैमा पार्न सक्छन् । सबैलाई उनको करियरको बारेमा थाहा । उनी कति राम्रो छन भनेर सबैलाई थाहा छ । उनले सबै क्लबमा उपाधि जितेका छन् ।’
‘उनीसंग सिक्नकालागि हामीसंग ठुलो अवसर छ । हामीलाई चाहिने सबै चिज छ । राम्रो प्रशिक्षक छन्, जो संग लामो अनुभव छ । हामीलाई विश्वास छ, हामी उपाधि जित्न सक्छौ ।’ उनले थपे ।
‘हरेक प्रशिक्षकसंग फरक सोच हुन्छ । उनी सधै हामीसंग कुरा गर्छन् । उनी हामीलाई मानसिक रुपमा बलियो बनाउन चाहन्छन् । हामीसंग ठुलो क्लब छ । त्यसैले हामी विजेता बन्नेछौ ।’ मौरा भन्छन् ।
टोटेनहम गत मध्य सप्ताहमा बार्यन म्युनिखसंग ३–१ ले पराजित बन्यो । तर माउरिन्होको नेतृत्वमा क्लबले ६ मध्य ४ खेलमा जित निकालेको छ । क्लबले गत सप्ताहमात्र वर्नलीलाई ५–० गोल अन्तरले हराएको थियो ।
माउरिन्होले टोटेनहमका लागि उपाधि जितेमा उनीले करियरको २५ औ उपाधि हात पार्नेछन् ।