एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न तीन खेल हुँदैछ ।
प्रिमियर लिगमा आइतबार साविक विजेता म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
उपाधि दाबेदार क्लब सिटीले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ । आर्सनल र सिटीबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
इमिरेट्स स्टेडियममा सिटी आर्सनललाई हराउँदै शीर्ष दुई क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । यस्तै आर्सनल सिटीलाई हराउँदै शीर्ष पाँचका टोलीसँग अंक दुरी कम गर्न चाहन्छ ।
सिटी १६ खेलमा ३२ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनल २२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । घरेलु मैदानमा युनाइटेड जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ । छैटौं स्थानको युनाइटेडको २४ अंक रहेको छ ।
त्यस्तै टोटेनहमले वुल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । टोटेनहम र वुल्भ्सबीचको खेल ७:४५ मा सुरु हुनेछ ।