एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ६७ औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
जितसँगै एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १७ खेलबाट २९ अंक जोडेको छ । २३ अंक जोडेको ओसासुना १० औं स्थानमा रहेको छ ।
