काठमाडौं । नेदरल्याण्डविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेलिरहेका नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा सुवास खकुरेललाई गुमाएको हो ।
भिआरए मैदानमा जारी खेलमा नेपालका ३३ बल खेलेर १९ रन जोडेका सुबासलाई क्लासेनले बोल्ड आउट गरे । ओपनर सुबासले ३ चौका प्रहार गरेका थिए ।
नेपालले तीन विकेट गुमाउदा १२ ओभरमा ५२ रन बनाएको छ । क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।