काठमाडौं। भारतीय क्रिकेट टोलीका सदस्य अभिषेक शर्मा आइसीसी टी–२० आई वरीयतामा नम्बर १ ब्याटर बनेका छन्।
विराट कोहली र सूर्यकुमार यादव पछि यो उपलब्धी हासिल गर्ने उनी तेस्रो भारतीय ब्याटर बनेका छन्। अभिषेकको ८२९ अंक छ। उनले गत सात एउटा पनि टी–२० खेल खेलेनन्।
तर, अस्ट्रेलियाका ट्राभिस हेडले वेस्ट इन्डिजविरुद्धको पाँचौं टी–२० खेल खेलेनन्, जसका कारण उनको अंक ८१४ मा झर्यो। यसका कारण अभिषेक नम्बर १ मा उक्लिएका हुन् भने हेड दोस्रो स्थानमा झरेका हुन्।
इङ्ग्ल्यान्डविरुद्धको म्यानचेस्टर टेस्टमा चोटका बाबजुद अर्धशतक बनाएका विकेटकिपर ब्याटर ऋषभ पन्त ७७६ अंकका साथ आइसीसी टेस्ट ब्याटिङ वरीयतामा आठौंबाट सातौं स्थानमा उक्लिएका छन्।
इङ्ग्ल्यान्डका ब्याटर जो रुट यस सूचीको शीर्ष स्थानमा यथावत् छन्। टेस्ट बलरहरूको सूचीमा शीर्ष १० मा कुनै परिवर्तन भएको छैन।