रुपन्देही। दोस्रो गौतम बुद्ध कप ९ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता साउन अन्तिमदेखि सुरु हुने भएको छ।
रुपन्देहीको कञ्चन गाउँपालिका–५, पिपरीचापा चौपारीमा प्रतियोगिता आगामी साउन ३१ गतेदेखि सुरु हुने भएको हो। गौतम बुद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।
दोस्रो हुने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउने खेल संयोजक रोसन पुनले जानकारी दिए। साथै, सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार पाँच रुपैयाँसहित विभिन्न विधागत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कारहरू प्रदान गरिने उनले जानकारी दिए।