मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

सुनसरी। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६औं संस्करणको इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
इटहरी रंगशालामा शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा युवा समाज मोरङले मच्छिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो।
निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो। पेनाल्टीमा पनि दुवै टिमबाट ४–४ गोल भएपछि खेल सडेनडेथमा गएको हो। सडेनडेथमा मच्छिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन्।
त्यसपछि निर्णायक प्रहार गर्न आएका पदम भट्टराईले गोल गरेपछि युवा समाज उपाधिनजिक पुगेको हो। त्यसअघिको पेनाल्टीमा मच्छिन्द्रका रोहित चन्द, दीपेश गुरुङ, देवेन्द्र तामाङ र तुषार विश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो।
युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)