बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. महेशले लिए ८ बलमा ५ विकेट

महेशले लिए ८ बलमा ५ विकेट

२०२५ जुलाई २९, मङ्गलबारखेलपाटी संवाददाता

महेशले लिए ८ बलमा ५ विकेट

काठमाडौं। फिनल्यान्डका तीव्र गतिका बलर महेश ताम्बेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने कीर्तिमान बनाएका छन्। 

उनले इस्टोनियाविरुद्ध खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा जम्मा ८ बलमा ५ जना ब्याटरलाई पभिलियन फर्काउँदै नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान बहराइनका जुनैद अजीजको नाममा थियो, जसले सन् २०२२ मा जर्मनीविरुद्ध १० बलमा ५ विकेट लिएका थिए। 

ताम्बेले आइतवार सम्पन्न तेस्रो टी–२० खेलमा इस्टोनियाविरुद्ध सानदार प्रदर्शन गर्दै उक्त उपलब्धि हासिल गरेका हुन्। खेलमा फिनल्यान्डले पहिले बलिङ गर्दै इस्टोनियालाई १९.४ ओभरमा १४१ रनमा समेटेको थियो। इस्टोनियाले एक समय २ विकेटको क्षतिमा १०४ रन बनाइसकेको थियो र ठूलो स्कोरको सम्भावना देखिएको थियो। 

तर, त्यसपछि मैदानमा आएका ताम्बेले स्टेफन गूच, साहिल चौहान, मुहम्मद उस्मान, रुपम बरुआ र प्रणय गीवालालाई आउट गर्दै ५ विकेट लिए। योसँगै इस्टोनियाको इनिङ्स ध्वस्त भयो।

ताम्बेले जम्मा २ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए, जसमध्ये ५ विकेट त उनले १.२ ओभर (८ बल)मै लिएका हुन्। त्यसपछि फिनल्यान्डले १४२ रनको लक्ष्य १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल ५ विकेटले जित्यो। 

फिनल्यान्डका लागि अर्विन्द मोहनले ६० बलमा नटआउट ६७ रन बनाएर जितमा निर्णायक भूमिका खेले। उनले फराज मेहती अब्बास (१९ रन) र जोर्डन ओ’ब्रायन (१८ रन) सँग महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिताए।

यो जितसँगै फिनल्यान्डले तीन खेलको टी–२० सिरिज २–१ ले आफ्नो पक्षमा पार्‍यो। यसैबीच, इस्टोनियाका साहिल चौहान टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी हुन्। 

उनले सन् २०२३ मा साइप्रसविरुद्ध मात्र २७ बलमा शतक प्रहार गरेका थिए। अब ताम्बेले पनि इस्टोनियाविरुद्ध सबैभन्दा छिटो ५ विकेट लिँदै अर्को कीर्तिमान बनाएका छन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल