काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक केन्द्रीय कार्यालय मूलपानीमा सुरू भएको छ।
बैठकमा १२ अजेन्डा छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को आय–व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषयमा छलफल गर्ने पहिलो अजेन्डा छ।
यस्तै, कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी–२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ।
बैठकमा आइसिसीबाट फुकुवा भएको बजेटको विषयमा पनि छलफल हुनेछ। थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्।